ad ad

कर्णाली


राष्ट्रिय सभा सदस्यमा कर्णालीबाट सावित्री मल्ल विजयी

राष्ट्रिय सभा सदस्यमा कर्णालीबाट सावित्री मल्ल विजयी

नेपालखबर
माघ ११, २०८० बिहिबार १७:१, सुर्खेत

राष्ट्रिय सभा निर्वाचन कर्णाली प्रदेशबाट महिला क्लस्टरमा नेकपा माओवादी केन्द्रकी सावित्री मल्ल विजयी भएकी छन्।

उनले नेकपा एमालेकी उम्मेदवार विमलाकुमारी शाहीलाई हराउँदै पराष्ट्रिय सभामा स्थान सुरक्षित गरेकी हुन्।

निर्वाचन आयोगका अनुसार प्रदेश सभातर्फ मल्लले २९ अर्थात् एक हजार ५३७ र स्थानीय जनप्रतिनिधिबाट ११५ अर्थात् दुई हजार १८५  गरि जम्मा तीन हजार ७२२ मत प्राप्त गरेकी छन्।

यस्तै, एमालेबाट उम्मेदवार विमलाकुमारी शाहीले प्रदेश सभातर्फ ११ अर्थात् ५८३ र स्थानीयतर्फ ४१ अर्थात् ७७९ गरि जम्मा एक हजार ३६२ मत प्राप्त गरेकी छन्।

यद्यपि निर्वाचन आयोगले घोषणा गर्न भने बाँकी छ।

अहिले अन्य क्लस्टरको मतगणना भइरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .