नेकपा एमाले दैलेखको अध्यक्ष पदका लागि चारजना नेताले उम्मेदवारी दर्ता गराएका छन्।
नारायण नगरपालिका दैलेखको कवर्डहलमा शनिबार (माघ २७) गतेबाट जारी अधिवेशनमा अध्यक्ष पदका लागि चारजनाले उम्मेदवारी दर्ता गराएका हुन्।
जिल्ला निर्वाचन कमिटीका अनुसार उम्मेदवारी दर्ता गराउनेमा सूर्यबहादुर शाही, प्रेमबहादुर बुढा, तिलकप्रसाद रिजाल र नन्दकिशोर बस्नेत रहेका छन्।
यस्तै, उपाध्यक्षमा तीन जना नेताले उम्मेदवारी दर्ता गराएका छन्। जसमा रत्नबहादुर खड्का, तर्कबहादुर बडुवाल र कलावती न्यौपानेले उम्मेदवारी दर्ता गराएका हुन्।
यस्तै, सचिव पदका लागि गंगाराम दाहाल, हिमालयजंग शाह, शेरबहादुर रावत र दुर्गा न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन्।
उप(सचिव खुललातर्फ एक पदका लागि ९ जनाको उम्मेदवारी दर्ता भएको छ। जसमा हेमन्त दशौंदी, दिपेन्द्रराज खनाल, छिताराम वि।क, नवीन योगी, चन्द्र दाहाल, पूण शाही, चन्द्रप्रकाश शर्मा, विष्णु शाही र मीनबहादुर बुढाले उम्मेदवारी दिएका छन्।
यस्तै, महिलातर्फ एक सिटका लागि ५ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
जसमा दुर्गाकुमारी सिंह, पदमकुमारी बिष्ट, द्रुरपति थापा मगर, तारा सोनी र पवित्रा न्यौपाने उम्मेदवारी दिएका छन्।
यस्तै, उम्मेदवारीको अन्तिम नामावली भने निर्वाचन कमिटीले हालसम्म सार्वजनिक गरेको छैन्।
सर्वसम्मतको अन्तिम कसरत
अध्यक्ष मण्डलले सर्वसम्मत नेतृत्व चयनका लागि अन्तिम कसरत गरिरहेको छ।
अधिवेशन सूरु नहुनुभन्दा पहिला अध्यक्ष पदका लागि मात्रै १० जना बढीले दाबी गरिरहेका थिए। तर, नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियामा जानेभएपछि अध्यक्ष पदमा ५ जनाको उम्मेदवारी मात्रै परेको छ।
अध्यक्ष मण्डलमा रहेका सदस्यहरूले सर्वसम्मत नेतृत्व चयनका लागि शनिबारदेखि नै आन्तरिक छलफलमा जुटेका थिए।
आइतबार साझसम्म आइपुग्दा अध्यक्ष र उपाध्यक्षको मात्रै करिब अन्तिम टुंगोमा पुगेको छ।
अध्यक्ष पदमा उम्मेदवारी दिएका ५ जना मध्ये तीन जनाले सूर्यबहादुर शाहीलाई समर्थन गरेको बुझिएको छ।
यस्तै, उपाध्यक्षको नाम पनि अन्तिम चरणमा पुगेको छ भने सचिव र उपसचिवका लागि छलफल जारी रहेको छ।
Shares
प्रतिक्रिया