ad ad

कर्णाली


कर्णाली सरकारको नेतृत्व हस्तान्तरणबारे एमाले र माओवादीबीच छलफल

कर्णाली सरकारको नेतृत्व हस्तान्तरणबारे एमाले र माओवादीबीच छलफल

नेपालखबर
चैत २०, २०८० मंगलबार ११:१, सुर्खेत

कर्णाली प्रदेश सभाका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच छलफल भएको छ।

मंगलबार बिहान माओवादी दलका नेता तथा मुख्यमन्त्री राजकुमार शर्मा र एमाले दलका नेता यामलाल कँडेलबीच छलफल भएको हो। 

यी दुई नेताबीच छलफल भए पनि कुनै निष्कर्ष निस्किएन। 

स्रोतका अनुसार उक्त छलफलमा केन्द्रबाट सत्तारुढ दलले गरेको निर्णयको पालना गर्नुपर्ने एमाललेका नेता कँडेलले बताएका थिए।

उनको जवाफमा मुख्यमन्त्री शर्माले आफुलाई एमालेले विश्वासको मत दिनै पर्ने आफुले लिएरै छाड्ने दाबी गरेको बताइएको छ। 

यस्तै उनीहरूको छलफलमा कँडेलले मुख्यमन्त्री शर्माले राजीनामा दिएर एमालेको सरकार बनाउन सहयोग गर्नुपर्ने आग्रह गरेका थिए भने मुख्यमन्त्री शर्माले कँडेलसँग केही दिनका लागि विश्वासको मत दिन आग्रह गरेका थिए।

यी दुई नेताबीचको छलफल बिनिष्कर्ष सकिएको छ।

यस्तै मुख्यमन्त्रीले विश्वासको मत लिने वा निलिने भन्नेलगायतका विषयमा छलफल गर्न आजै दिउँसो १ बजे दलको बैठक बस्ने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .