ad ad

कर्णाली


कर्णाली सरकार नेतृत्वबारे मुख्यमन्त्री शर्माको निवासमा आन्तरिक छलफल जारी

कर्णाली सरकार नेतृत्वबारे मुख्यमन्त्री शर्माको निवासमा आन्तरिक छलफल जारी

फाइल तस्बिर


नेपालखबर
चैत २०, २०८० मंगलबार ११:३०, सुर्खेत

कर्णाली प्रदेश सरकार नेतृत्वका विषयमा कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माको निवासमा माओवादीको छलफल जारी छ।

सरकारको नेतृत्व एमालेलाई दिने वा नदिने भन्ने विषयमा माओवादी केन्द्रको आन्तरिक छलफल भइरहेको हो।

यस्तै उक्त छलफलमा प्रतिनिधि सभा सदस्य तथा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायतका नेता पनि सहभागी छन्।

नेकपा माओवादी केन्द्रका प्रदेश इन्चार्ज कालिबहादुर मल्लले केन्द्रको निर्देशनअनुसार अगाडि बढ्न केही समय अघिदेखि छलफल भइरहेको जानकारी दिए। 

उनले भने, ‘सत्ता गठबन्धनले गरेको प्रदेश भागबन्डाका आधारमा कर्णालीमा पनि मिलाउन मुख्यमन्त्री निवासमा आन्तरिक छलफल भइरहेको छ। अब आधा घण्टामा केही निष्कर्ष आउला।’ 

सोमबार मात्र केन्द्रीय सत्ता गठबन्धनका दलबीच कर्णाली सरकारमा मुख्यमन्त्री पद एमालेलाई दिने सहमति भएको छ। जहाँ अहिले माओवादीका शर्मा मुख्यमन्त्री छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .