डोल्पामा आगलागीमा परेर तीन जना बालबालिका गम्भीर घाइते भएका छन्। त्रिपुरासुन्दरी नगरपालिका-४ का तीन जना बालबालिका आगलागीमा परेका हुन्।
बिहीबार त्रिपुरासुन्दरी नगरपालिका-४ रंङ्गको सुवा सामुदायिक वनमा गुच्छिच्याउ टिप्न गएका थिए।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार आगलागीमा परि घाइते हुनेहरूमा सोहि पालिकामा १३ वर्षीय सुम्नत बुढा, १० वर्षीय विवश बुढा र ८वर्षीय सुलस बुढा रहेका छन्।
घाइते बालबालिकाको जिल्ला अस्पताल डोल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
यस्तै, प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बिहिबार दिउसो २ बजेतिर आगलागिमा परेका बालवालिकाको उद्धार पछि जिल्ला अस्पतालमा ल्याइएको जानकारी दिए।
उनकाअनुसार आगलागीमा एकै घरका दुई बालबालिका परेका छन भने आगोले बालबालिकाको करिव ९० प्रतिशत शरीर जलेको अस्पतालले जनाएको छ।
यस्तै, यही साता डोल्पामा आगलागीबाट भएको घटनामा परेर तीन जनाले ज्यानले गुमाएका छन्।
Shares
प्रतिक्रिया