कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सभाबाट विश्वास मत पाएका छन्।
मुख्यमन्त्री कँडेललाई माओवादी केन्द्रका १३ जना, नेकपा एमालेका ९ र एकीकृत समाजवादीका एक जनाकाे मत पाएका हुन्।
उनकाे पक्षमा २३ मत परेकाे छ भने विपक्षमा १२ मत खसेको छ।
४० सदस्यीय प्रदेश सभाको बैठकमा ३५ जनाउपस्थित भई मतदानमा सहभागी भएका थिए।
मुख्यमन्त्री नियुक्त भएकाे १७ दिनमा बिहीबार कँडेलले विश्वासको मत लिएका हुन्।
सत्ता गठबन्धनमा मन्त्रालयको भागबन्डा नमिल्दा उनले विश्वासको मत लिन सकेका थिएनन्।
मंगलबार भएको दुई दलबीचको वार्तापछि मन्त्रालयको भागबन्डाको विषयमा मोटामोटी सहमति भएपछि विश्वासको मत लिने निर्णय गरिएको थियो।
192
Shares
प्रतिक्रिया