दैलेखबाट सुर्खेत आउँदै गरेको बस वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेतको कटकुवा नजिक दुर्घटनामा परेको छ। सोमबार दिउँसो कर्णाली प्रदेश ०२ ००१ ख ०८५२ नम्बरको बस दुर्घटनामा परेको हो।
सो दुर्घटनामा परि दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख एसपी रुपेश खड्काले दुर्घटना पनि दुई जनाको मृत्यु भएको जानकारी दिए।
घटनास्थलबाट घाइतेको उद्धार गरी उपचारका लागि पठाइएको उनले बताए।
‘प्रहरी लगायतको उद्धार टोली घटनास्थल पुगिसेको छ। दुर्घटनामा घाइतेहरुको उद्धार गरेर प्रदेश अस्पताल कालागाउँ सुर्खेत र कर्णालीय कियरमा ल्याइँदै छ’ एसपी खड्काले भने, ‘घटनाको विषयमा अन्य विवरण आउन बाँकी छ।’
753
Shares
प्रतिक्रिया