ad ad

कर्णाली


हुम्ला जिप दुर्घटनाः गम्भीर घाइते ५ जनालाई रिफरको तयारी, मौसमले समस्या

हुम्ला जिप दुर्घटनाः गम्भीर घाइते ५ जनालाई रिफरको तयारी, मौसमले समस्या

दुर्घटनास्थल


दिनेश बुढा
भदौ ५, २०८१ बुधबार १२:२८, सुर्खेत

हुम्लाको चङ्खेली गाउँपालिकामा बुधबार बिहान जिप दुर्घटना हुँदा गम्भीर घाइते ५ जनालाई स्थानीय स्वास्थ्य केन्द्रबाट अन्यत्र रिफर गर्ने तयारी भइरहेको छ।

चङ्खेली-२ गर्खाबाट देउली बजारतर्फ गइरहेको कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जिप मुगु सडकको गौरीसल्लामा दुर्घटना भएको हो। 

दुर्घटनामा घाइते भएका ७ जनामध्ये गम्भीर अवस्थाका ५ जनालाई थप उपचारका लागि मुगु पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। अहिले उनीहरूको उपचार हुम्लाका स्थानीय स्वास्थ्य केन्द्रमा भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी रवीन्द्र खनालले गम्भीर घाइतेलाई लान मुगुबाट दुई वटा गाडी मगाएको र ती गाडी हुम्ला आइपुग्न झन्डै ५ घण्टा लाग्छ। 

उनले भने, ‘हेलिकप्टर मगाउन पहल भइरहेको छ। तर, मौसम नखुलेका कारण समस्या भएको छ। मौसम खुलेपछि हेलिकप्टर आउँछ होला। भएन भने मुगुबाट आएका गाडीले उद्धार गरेर थप उपचारका लागि मुगु अस्पताल लग्छ।’

दुर्घटनामा चङ्खेली गाउँपालिकाका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तिलबहादुर शाही, १५ वर्षीय रविन शाही र मुगुको छायानाथ नगरपालिका–१३ का ४० वर्षीय पृथ्वी रावत र रमेश मल्ल गम्भीर घाइते भएका हुन्।

बाजुरा बूढीनन्दा नगरपालिका-४ का जिप चालक महेन्द्रविक्रम शाह र चङ्खेली-२ का मायादेवी शाही भने सामान्य घाइते छन्। 

मोड्ने क्रममा जिप सडकबाट एक सय ५० मिटर तल खसेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .