ad ad

कर्णाली


छेउमा जनार्दन राखेर प्रचण्डले भनेः म सधैँ नेतृत्वमा बसिरहनुपर्छ भन्ने छैन

छेउमा जनार्दन राखेर प्रचण्डले भनेः म सधैँ नेतृत्वमा बसिरहनुपर्छ भन्ने छैन

सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्ड


दिनेश बुढा
भदौ १४, २०८१ शुक्रबार ११:३८, सुर्खेत

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको अध्यक्ष पद आफ्ना लागि ठूलो कुरा नभएको बताएका छन्। 

शुक्रबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले ‘प्रचण्ड’ अध्यक्ष पदभन्दा माथि भएको दाबी गरे। 

प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आइपुगेका प्रचण्डले नेतृत्व हस्तान्तरण आवश्यक नरहेको समेत बताए।

उनले भने, ‘म ७० वर्ष कट्दै छु, सधैँ नेतृत्वमा बसिरहनुपर्छ भन्ने छैन, अध्यक्ष पद मेरा लागि ठूलो हैन, प्रचण्ड अध्यक्षभन्दा माथि भइसक्यो। देश दुनियाँमा नै संसारले एउटा ठूलो परिर्वतन तथा क्रान्तिकारी नेताका रूपमा स्वीकार गरिसकेको छ। मैले अध्यक्ष नै हुनुपर्छ भन्ने मेरो धारणा छैन। एउटा राम्रो टिम बनेपछि म अर्काे भूमिकामा जाने सोचिरहेको छु।’

पत्रकार सम्मेलनमा उपमहासचिव जनार्दन शर्मा पनि छेउमै थिए। जसले हालै पार्टीमा नेतृत्व हस्तान्तरणको कुरा उठाएका थिए।

उपमहासचिव शर्माले पेस गरेको प्रतिवेदनका विषयमा माओवादी फुट्न लागेको चर्चामा सत्यता नरहेको उल्लेख गर्दै सबैको धारणालाई साझा बनाएर लैजाने गरी अगाडि बढेको प्रचण्डले दाबी गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .