ad ad

कोशी


प्रदेश १ का मुख्यमन्त्रीले सद्भाव भड्काउन खोजे : गैरसरकारी महासंघ

प्रदेश १ का मुख्यमन्त्रीले सद्भाव भड्काउन खोजे : गैरसरकारी महासंघ

नेपालखबर
साउन ६, २०७९ शुक्रबार १५:०, विराटनगर

प्रदेश १ को नामको विषयमा मुख्यमन्त्री राजेन्द्र राईले दिएको अभिव्यक्तिप्रति गैर सरकारी संस्था महासंघ प्रदेश १ ले खेद व्यक्त गरेको छ।

मुख्यमन्त्री राईले नामकरणका विषयमा सहजीकरण गर्न छोडेर सद्भाव भड्काउन खोजेको महासंघको आरोप छ।

महासंघले शुक्रबार एक विज्ञप्ति जारी गरी मुख्यमन्त्रीले नामको बिषयमा छलफल, सहजीकरण र नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्नेमा सद्भाव भड्काउँदै हिँडेको बताएको हो। 

महासंघले मुख्यमन्त्रीको अभिव्यक्ति सामाजिक सद्भाव भड्काउने, प्रदेशको नामकरण नगर्ने उद्देश्य र पदीय आचरण विपरीतको गैरजिम्मेवारपूर्ण रहेको ठहर गरेको छ। 

साथै, मुख्यमन्त्रीको अभिव्यक्तिप्रति खेद व्यक्त गर्दै प्रदेशको नामकरण गर्ने जिम्मेवारीबाट नभागी चालु अधिवेशनबाट टुंगो लगाउन माग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .