ad ad

समाज


प्रेस युनियनको महाधिवेशनस्थलमा नाराबाजी, विरोधपछि घट्यो मनोनयन शुल्क

प्रेस युनियनको महाधिवेशनस्थलमा नाराबाजी, विरोधपछि घट्यो मनोनयन शुल्क

नेपालखबर
साउन ६, २०७९ शुक्रबार १४:५३, काठमाडौँ

नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारका लागि तोकिएको मनोनयन दस्तुर घटाइएको छ। 

उम्मेदवारी शुल्क महँगो भएको भन्दै युनियनका कार्यकर्ताहरूले महाधिवेशनस्थलमा नाराबाजी गरेपछि घटाइएको हो। 

रकम बढी भएको भन्दै प्रतिनिधि र उम्मेदवारहरूले विरोध जनाएपछि घटाएको निर्वाचन अधिकृत प्रवीण हुमागाईँले बताए ।

नयाँ दस्तुरअनुसार अब अध्यक्षका उम्मेदवारले मनोनयन दर्ता गर्दा २० हजार रूपैँया दाखिला गर्नुपर्ने छ। 

यसअघि अध्यक्षको शुल्क ३० हजार थियो। त्यसैगरी वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव, उपमहासचिव, कोषाध्यक्ष, सचिव तथा केन्द्रीय लेखा समिति संयोजकले जनही १० हजार रूपैँया शुल्क बुझाए हुने आन्दोलनमा उत्रिएका केन्द्रीय सदस्यका उम्मेदवार तेजन खड्काले बताए।

यसअघि वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उपमहासचिवको २५ हजार तथा सचिव, कोषाध्यक्ष तथा केन्द्रीय लेखा समिति संयोजकका लागि २० हजार तोकिएको थियो।

केन्द्रीय सदस्यको उम्मेदवारका लागि १५ हजारबाट ५ हजारमा शुल्क झारिएको छ। लेखा समिति सदस्यले पनि ५ हजार बुझाउँदा हुने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .