पूर्वाचल विश्वविद्यालयले आफ्नो एघारौं दीक्षान्त समारोह मनाएको छ।
विश्वविद्यालयका कूलपति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा सम्पन्न दीक्षान्त समारोहमा ६ हजार ५१३ जना विद्यार्थीलाई दीक्षित गरिएको छ।
विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको मोरङ गोठगाँउमा आयोजित समारोहमा कला संकायतर्फका स्नातक र स्नातकोत्तर गर्ने १३५ जना, कानून संकायतर्फका ३०६ जना, शिक्षा शास्त्र तर्फका ५०२ जना, व्यवस्थापन संकाय तर्फका १ हजार ८६२, चिकित्सा शास्त्रतर्फ २ हजार ३२३ र विज्ञान तथा प्रविधि संकायतर्फ १ हजार ३८४ जना विद्यार्थीलाई दीक्षित गरिएको हो।
दीक्षित हुने विद्यार्थीमा व्यवस्थापन संकायतर्फ एमफिल गर्ने ६ जनासमेत छन्।
समारोहमा प्रधानमन्त्री एवम् विश्वविद्यालयका कूलपति प्रचण्डले विद्यार्थीहरुलाई शैक्षिक उपाधी प्रदान गरेका थिए।
204
Shares
प्रतिक्रिया