ad ad

कोशी


कोशीमा एमालेका सबै सांसदहरू मुख्यमन्त्री बन्न योग्य छन् : मुख्यमन्त्री कार्की

कोशीमा एमालेका सबै सांसदहरू मुख्यमन्त्री बन्न योग्य छन् : मुख्यमन्त्री कार्की

बिहीबार प्रदेशसभा बैठकमा विश्वासको मत माग्दै मुख्यमन्त्री हिक्मतकुमार कार्की।


नेपालखबर
असार १४, २०८० बिहिबार १५:२०, काठमाडौँ

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो पार्टीका सबै प्रदेशसभा सदस्यहरू मुख्यमन्त्री बन्न योग्य रहेको दाबी गरेका छन्। 

बिहीबार प्रदेशसभा बैठकमा विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले आफू नेतृत्वको सरकारले ६ महिनामा सुशासनको अनुभूति गराउन सफल रहेको बताए। 

‘सबैभन्दा ठूलो दल प्रदेशसभा एमाले हो। अहिलेपनि ४० सांसद हुनुहुन्छ,’ मुख्यमन्त्री कार्कीले भने, ‘हरेक मान्छे मन्त्रीका लागि मात्र होइन मुख्यमन्त्री बनाएर चलाउन योग्य हुनुहुन्छ। सबै माननीयलाई चित्त बुझाएर २ मन्त्री र मुख्यमन्त्री लिएर सरकार बनाउँदा कहिँ पनि असन्तुष्टि आउन मैले दिइनँ।’

उनले साना दलहरू विवाद र समस्याले ग्रस्त भएको अनुभव आफूले गरेको पनि बताए। 

‘जति सानो दल हुन त्यति बढी विवाद र समस्याले ग्रस्त भएको मैले प्राप्त गरेको छु,’ उनले भने।

त्यस्तै, आफ्नो सरकार बन्नेबित्तिकै मन्त्रालय कटौती गर्ने निर्णय गरेको स्मरण गर्दै सोही निर्णयको अन्य प्रदेशले पनि अनुशरण गरेको बताए। 

‘यसै प्रदेशमा भएको कामलाई मुलुकका अन्य प्रदेशले पनि अनुसरण गरेका थिए। यो सन्देश पूर्वदेखि पश्चिमसम्म पुर्याएका थियौं,’ मुख्यमन्त्री कार्कीले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .