ad ad

कोशी


कोशीका प्रमुखलाई एमालेको आग्रह- सभामुखसहित सरकार गठनको दाबी आए अस्वीकार होस्

कोशीका प्रमुखलाई एमालेको आग्रह- सभामुखसहित सरकार गठनको दाबी आए अस्वीकार होस्

नेपालखबर
असार २१, २०८० बिहिबार १५:२२, काठमाडौँ

कोशी प्रदेश सरकार गठनका लागि सभामुखसहितको दाबी आएमा ग्रहण नगर्न एमालेले प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ। 

एमालेले एक पत्र लेख्दै एमालेले सभामुखसमेतलाई जोडेर बहुमत प्रमाणित गर्न खोजेको उल्लेख गरेको छ। यदी त्यसरी दाबी आएको खण्डमा ग्रहण नगर्न कोशी प्रदेश एमालेका संसदीय दलका नेता हिक्मत कार्कीले प्रदेश प्रमुखको ध्यानआकृष्ट गराएका हुन्। 

‘अहिले कोशी प्रदेश सभाका माननीय सभामुख बाबुराम गौतम कुनै पनि दलको सदस्य होईन र उहाँको नाम सरकार गठनका लागि संख्यामा गणना गर्न संविधान, कानुन, संसदीय मुल्य, मान्यता, राष्ट्रिय तथा अन्तराष्ट्रिय सिद्धान्त एवम अभ्यास विपरीत हुने र स्वयम् सभामुखको गरीमामा समेत गम्भीर प्रश्न उठ्नेछ,’ प्रदेश प्रमुखलाई एमालेले बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ।

सभामुखलाई गणना नगर्दा कोशीमा विपक्षी गठबन्धनको बहुमत पुग्ने अवस्था देखिएको छैन। सत्ता गठबन्धनले सभामुख गौतमलाई समेत जोडेर आजै सरकारको दाबी पेश गर्ने तयारी अघि बढाएको छ।

एमालेको ध्यानाकर्षण पत्रः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .