ad ad

राजनीति


पार्टी शिथिल भएको भन्दै कांग्रेस जिल्ला सभापतिले गराए नेतृत्वको ध्यानाकर्षण

पार्टी शिथिल भएको भन्दै कांग्रेस जिल्ला सभापतिले गराए नेतृत्वको ध्यानाकर्षण

नेपालखबर
असार २१, २०८० बिहिबार १५:२८, काठमाडौँ

नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले पार्टीको गतिविधिहरू शिथिल हुन थालेको भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन्।

बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको जिल्ला सभापतिहरुको बैठकमा बोल्ने सभापतिहरुले पार्टीको गतिविधिहरुमा शिथिलता आउन थालेको धारणा राखेका हुन। उनीहरुले पार्टी गतिविधिमा शिथिलता आएको भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन्।

आ–आफ्नो धारणा राख्ने क्रममा सभापतिहरुले पार्टीलाई पुनःजागरण गर्नका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने बताएका कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।

उनले सरकारमा मन्त्री रहेका सभापतिहरुले आफूले सरकारमा भोगिरहेको अफ्ठ्याराहरुको बारेमा कुरा राखेका र सरकारमा नभएका जिल्ला सभापतिहरुले भने सरकारसँग आफूहरुको कुनै समन्वय नभएको गुनासो राखेका बताए।

उनले भने, ‘मन्त्री नै रहनुभएका पार्टी सभापतिहरुले मन्त्रीलाई परेका अपm्ठ्याराका बारेमा राख्नुभएको छ। मन्त्री नहुनुभएका माननीय सदस्य मात्रै रहनुभएका पार्टी सभापतिहरुले सरकारसँगको समन्वय नभएको गुनासो राख्नुभएको छ। सँगसँगै पार्टी सभापतिहरुले पार्टीका कार्यक्रमहरुमा केही शिथिलताहरु हुन थाले। केन्द्रमा आसन्न बैठकले त्यस विषयमा पनि दरिलो ढंगबाट छलफल गरोस् । गहिरो ढंगबाट यसलाई छलफल गरोस्। विश्लेषण गरोस् र पार्टीलाई पुर्नताजगी गर्नका लागि विशेष कार्यक्रम ल्याओस् भन्ने पार्टी सभापतिहरुको धारणा छ।’

जिल्ला सभापतिहरुको बैठकमा क्रियाशील सदस्यता र कांग्रेस सदस्यताको वितरण, नवीकरण र अभिलेखीकरणको विषय एजेन्डा रहेको छ। त्यस्तै पार्टीले विधान बमोजिम गर्नुपर्ने पार्टीका विभिन्न तहका सम्मेलनका विषय र पार्टी सञ्चालन तथा व्यवस्थापन लगायतका अन्य विविध सांगठनिक विषय बैठकको एजेन्डा रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .