ad ad

कोशी


कोशीमा आज सभामुख चयन गरिने, राप्रपाका विष्टलाई सत्ता गठबन्धनले सघाउने

कोशीमा आज सभामुख चयन गरिने, राप्रपाका विष्टलाई सत्ता गठबन्धनले सघाउने

नेपालखबर
पुस २४, २०८० मंगलबार ११:१६, काठमाडौँ

कोशी प्रदेशसभाको सभामुख चयन गर्न आज दिउँसो ३ बजे मतदान हुने भएको छ। 

बिहान बसेको प्रदेशसभाको  कार्य व्यवस्था परामर्श समितिको बैठकले सभामुख चयनका लागि मतदानको समय तोकेको हो। 

सत्ता गठबन्धनको सहमतिअनुसार सभामुख पद राप्रपाले पाउने देखिएको छ। किनकि गठबन्धनले राप्रपालाई सघाउने निर्णय गरेको छ।  

राप्रपाले झापाका प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टलाई सभामुखमा अघि सारेको एक नेताले जानकारी दिए। 

सभामुखमा विष्ट निर्विरोध निर्वाचित हुने सम्भावना रहेको सत्ता गठबन्धनका नेताहरूको दाबी छ। 

तर सभामुखमा आफ्ना उम्मेदवार चयनका लागि प्रमुख विपक्षी नेकपा एमाले संसदीय दलको बैठक जारी छ। 

कोशी प्रदेशसभामा लामो समयदेखि सभामुख पद रिक्त छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .