सशस्त्र प्रहरी बलले सुनसरीको हर्वेनीमा नयाँ बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको छ।
भारतीय सीमा क्षेत्रबाट चोरी निकासी रोक्न तथा अपराध नियन्त्रणका लागि हर्वेनीमा बिओपी स्थापना गरिएको हो।
कोरोना महामारीको समयमा फर्वार्ड बेसका रुपमा स्थापना भएको उक्त स्थानमा बोर्डर आउट पोस्ट स्थापना भएको सशस्त्र प्रहरी उपरीक्षक समेन्द बज्राचार्यले बताए।
सरकारले सीमाक्षेत्रमा बीओपी बढाउँदै लैजाने नीति लिएको छ। सुनसरीको बर्जु गाँउपालिका-४ स्थित ३.९ किलोमिटर सीमा इलाका र ५१ वटा सीमा स्तम्भ रेखदेख, दशगजा अतिक्रमण नियन्त्रण, सीमा अपराध नियन्त्रण, अवैध चोरी तस्करी नियन्त्रण गर्ने उद्देश्यले गत वर्षबाट सशस्त्र प्रहरी नायव निरीक्षकको कमाण्डमा बसेको थियो।
सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय पकलीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरिक्षक अन्जनी कुमार पोखरेलले बीओपीको उद्घाटन गरे।
Shares
प्रतिक्रिया