मोरङमा प्रहरीले लागुऔषध र झन्डै साढे ५ लाख रुपैयाँसहित एक युवतीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारीअनुसार जिल्लाको सुन्दरहरैचा नगरपालिका-३, बस्ने ३० वर्षीया सुनिता राईलाई लागुऔषध र नगदसहित पक्राउ गरिएको हो।
प्रहरीले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार गत फागुन ३० गते राईको घरमा लागुऔषध बिक्री भइरहेको भन्ने विशेष सूचना पाएपछि प्रहरी टोली पुग्दा लागुऔषध ब्राउन सुगर बरामद भएको हो।
इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले राईको घर खानतलासी गर्ने क्रममा १० ग्राम ब्राउन सुगर, ३.५ केजी गाँजा र नगद ५ लाख ३८ हजार २ सय ५० रुपैयाँ बरामद गरेको हो।
साथै डिजिटल तराजु २ थान र विभिन्न कम्पनीका मोबाइल २ थानसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
201
Shares
प्रतिक्रिया