इलाम २ मा जारी मत गणनामा मुढा चिह्नका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले नेपाली कांग्रेसका उम्मेदवारलाई उछिनेको भन्ने तथ्यांक गलत रहेको पाइएकाले सच्याइएका छौँ।
मतगणना स्थलमा गणकका रूपमा बसेका प्रतिनिधिले मत जोड्न गल्ती गर्दा हामीले पनि ‘इलाम अपडेट : रुखलाई उछिन्यो मुढाले’ शीर्षकमा खबर प्रकाशन गर्न पुगेकाले क्षमा माग्दै सच्याएका हौँ।
त्यहाँ अहिले पनि एमाले उम्मेदवार सुहाङ नेम्बाङ सबैभन्दा अगाडि छन् भने कांग्रेस उम्मेदवार डम्बर खड्का दोस्रो तथा मुढा चुनाव चिह्न लिएका स्वतन्त्र उम्मेदवार थेगिम तेस्रो स्थानमै छन्। -सम्पादक
3.8k
Shares
प्रतिक्रिया