पहिरोका कारण अवरुद्ध बुटवल–तानसेन सडक एकतर्फी खुलेको छ।
पाल्पाको तिनाउ गाउँपालिका सिद्धबाबानजिक लेदोसहितको पहिरो र ढुंगा खस्दा सडक बन्द भएको थियो।
तिनाउ गाउँपाकिलाकै कालिमाटीमा पनि पहिरो खसेको थियो। दुवै ठाउँमा पहिरो पन्छाइएर एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको पाल्पाका टाफिक प्रहरी प्रमुख दामोदर मल्लले जानकारी दिए।
यसैबीच अविरल वर्षाका कारण बुटवल–सिद्धार्थ राजमार्गका विभिन्न आधा दर्जन ठाउँमा पहिरो खसेका छन्। पहिरो झरेको ठाउँमा सफाई गर्दै गाडी सञ्चालनमा आएको उनले बताए।
पाल्पाको तिनाउ गाउंपालिकाको सिद्धबाबा क्षेत्र हो
75
Shares
प्रतिक्रिया