नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभाको संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन भएका छन्। कांग्रेसको संसदीय दलको बैठकले चौधरीलाई सर्वसम्मत नेता चुनेको हो। दलको नेताको लागि अबदुल रज्जाक, वीर बहादुर राना र राजु खनालले पनि दाबी गरेका थिए।
हिजो उम्मेदवार मनोनयन गर्ने भनिएपनि सहमतिको लागि आज बिहानलाई बैठक सारिएको थियो। दलको नेताको लागि अबदुल रज्जाक, डिल्ली चौधरी, वीर बहादुर राना र राजु खनालले दाबी गरेका थिए।
दलको नेता चयनको लागि कांग्रेस नेता चन्द्र भण्डारी, प्रदेश सभापति अमरसिंह पुन सहित प्रदेश समितिका पदाधिकारी अहिले देउखुरिमै बसेर छलफल गरिरहेका छन्।
दाङ ३ (ख) बाट दोहोरिएका चौधरी हाल प्रदेश सभाको ग्रामीण, पर्यटन तथा शहरी विकास मन्त्री हुन्। मन्त्रीभन्दा अघि उनी प्रदेश सभाको लेखा समिति सभापति थिए।
चौधरी २०७० को संबिधान सभा सद्स्य भएर केही समय राज्यमन्त्री पनि भएका थिए। यसअघि एमालेले हिजो नै लिला गिरीलाई दलको नेता चुनेको थियो।
सोमबार प्रदेश सभाको पहिलो बैठक बस्दै छ।
Shares
प्रतिक्रिया