अभिनेता विपिन कार्कीले बलिउड फिल्ममा अभिनय गर्ने भएपछि नेपाली बजारमा निक्कै चर्चा थियो। केहीसमय अघि विपिन बलिउड फिल्म ‘एनिमल’मा काम गर्न भनेर मुम्बइ पनि गए। तर केहि समय बसेर नेपाल फर्किए।
मुम्बईको त्यो बसाइमा उनले ‘एनिमल’मा काम गर्न पाएनन्।
अन्ततः विपिनले ‘एनिमल’मा काम नगर्ने भएका छन्। विपिनले अन्य फिल्म र ‘एनिमल’को छायांकन सेड्युल जुधेकाले बलिउडमा काम नगर्ने बताएका छन्।
विपिन नेपाली फिल्म ‘प्रसाद २’को छायांकनमा ब्यस्त छन्। कास्कीमा ‘प्रसाद २’को छायांकन चलिरहेको छ। इहि समयमा ‘एनिमल’को छायांकन परेकाले आफूले का मगर्न नसक्ने कुरा निर्देशक सन्दीप रेड्डी भांगालाई जानकारी गराएको विपिनले बताए।
विपिन भन्छन् ‘उहाँहरुले ६ दिन भित्र आउन भन्नु भएको थियो। प्रसाद २ ६ दिनमै छोडेर हिड्ने अवस्था छैन् ।’ उनले नेपालमा फिल्म सुटिङमा ब्यस्त भएको बताएको सहमतिमै फिल्म नगर्ने निधो गरेको विपिनले बताएका छन्।
Shares
प्रतिक्रिया