ad ad

लुम्बिनी


रुपन्देहीमा अवैध उत्खनन गर्ने १३ सवारी साधन नियन्त्रणमा

रुपन्देहीमा अवैध उत्खनन गर्ने १३ सवारी साधन नियन्त्रणमा

नेपालखबर
फागुन ११, २०७९ बिहिबार १८:५१, बुटवल

रुपन्देहीमा नदीजन्य पदार्थको अवैध उत्खनन् गर्ने १३ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  

जिल्लाका विभिन्न ठाउँबाट नदीजन्य पदार्थ उत्खनन् गरिरहेका ९ वटा ट्याक्टर, ३ वटा जेसिबी र एउटा टिपर गरी १३ वटा सवारी साधनहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। 

जिल्लाको देवदह नगरपालिका, ओमसतिया गाउँपालिका, रोहिणी गाउँपालिका र सुद्धोधन गाउँपालिकाबाट ति सवारी साधन नियन्त्रणमा लिइएको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए।

सवारी साधनहरुलाई आवश्यक कारबाहीको लागि सम्बन्धित स्थानीय तहमा पठाइएकोमा जरिवाना वापतको राजश्व रकम जम्मा गरि छाडिएको उनले बताए। नियन्त्रणमा लिएका सवारी साधनबाट जरिवाना वापत २ लाख ६८हजार राजश्व जम्मा भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .