सर्वोच्च अदालतको आदेशमा रद्द भइसकेको फागुन १ गतेको ‘जनयुद्ध दिवस’का दिन रोल्पाको माडी गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ।
शान्ति सम्झौता र संविधानलेसमेत नचिन्ने ‘जनयुद्ध दिवस’लाई सर्वोच्च अदालतले मान्यता नदिई रद्द गरिसकेको अवस्थामा माडीले बिदा दिने निर्णय गरेको हो।
माडी गाउँपालिका, गाउँ कार्यपालिकाको यही माघ १७ गतेको निर्णयअनुसार ‘जनयुद्ध दिवस’मा सार्वजनिक बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत युवराज परियारले जनाएका छन्।
आगामी फागुन १ गते मंगलबारका दिन गाउँपालिका मातहतका सरकारी कार्यालय तथा विद्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय भएकाले सार्वनजिक सूचना प्रकाशित गरिएको परियारले जनाएका छन्।
27
Shares
प्रतिक्रिया