सत्तारुढ दल नेकपा माओवादी केन्द्रले विधान सम्मेलनअघि स्थायी र केन्द्रीय समितिको बैठक बस्ने भएको छ।
फागुन १ देखि ३ सम्म विधान सम्मेलन हुँदैछ।
त्यसको तयारीका लागि भोलि शुक्रबार दिउँसो ३ बजे स्थायी समिति बैठक बस्ने तय भएको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले नेपालखबरलाई जानकारी दिए।
पेरिसडाँडामा स्थायी समिति बैठक बस्नेछ।
उनका अनुसार आइतबार र सोमबार केन्द्रीय समिति बैठक बस्ने तय भएको छ।
‘काठमाडौंको राष्ट्रिय सभागृहमा केन्द्रीय समिति बैठक बस्छ,’ प्रवक्ता सापकोटाले भने।
माओवादीले विधान सम्मेलनबाट पार्टीको संरचनामा फेरबदल गर्ने तयारी गरेको छ।
केन्द्रीय समितिको आकार घटाउनेदेखि सचिवालयको संख्या समेत तोक्नेछ।
पार्टीको नाम फेर्न केही नेताले प्रस्ताव पेश गरेका छन्।
33
Shares
प्रतिक्रिया