मधेश प्रदेश सरकारले आगामी असार १५ र १६ गते राजधानी जनकपुरधाममा युवा महोत्सव गर्ने भएको छ।
महिला बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा दुई दिनसम्म युवा महोत्सव गर्न लागिएको मन्त्री वीरेन्द्रमान सिंहले जानकारी दिएका छन्।
मधेश प्रदेशलाई देशकै युवा मैत्री बनाउने वाचासहित यो कार्यक्रम हुन लागेको उनले बताएका छन्।
'यो महोत्सवमा सबै युवा र युवाका विषयमा सरोकार राख्नेलाई सहभागी हुन गर्छु', उनले भनेका छन्, 'मधेश प्रदेशलाई देशकै युवा मैत्री बनाउन हामी प्रतिवद्ध छौँ।'
मन्त्री सिंहले यसका लागि मधेश प्रदेशभित्रका सबै सरोकारवालालाई सहकार्यको अपिल पनि गरेका छन्।
465
Shares
प्रतिक्रिया