जनकपुरधामबाट स्राेत नखुलेको झण्डै २४ लाख रुपैयाँसहित एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारत विहारको मधुवनी जिल्ला ग्राम पंचायत हरलाखी हरिने वार्ड न.९ बस्ने १९ वर्षीय अब्दुल समी छन्।
उनको साथबाट प्रहरीले २३ लाख ८९ हजार ४८० नेपाली रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रहरीका अनुसार सोमबार साँझ ५ बजे विशेष सूचनाका आधारमा प्रहरी चौकी हनुमाननगरबाट खटेको प्रहरी टोलीले जनकपुरधाम उपमहानगरपालिका १२ कुवाँ स्थित महादेव मन्दिरनजिक लोहनाबाट जनकपुरतर्फ आउँदै गरेको बी.आर.३२ ए.जे.०१७० नम्बरको मोटरसाइकलमा चेकजाँच गर्दा स्राेत नखुलेको सो रकम बरामद भएको हो।
उनलाई नगद रुपैयाँसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
261
Shares
प्रतिक्रिया