रौतहटका पुराना पत्रकार रवीन्द्र मण्डलको निधन भएको छ। ४७ वर्षीय मण्डलको गएराति जिल्ला अस्पताल (गौर) मा निधन भएको हो।
नेपाल पत्रकार महासंघ (रौतहट) का पूर्वसचिव मण्डलले राजधानी दैनिकसहितका सञ्चारमाध्यममा काम गरेका थिए। हाल भने उनी सक्रिय पत्रकारितामा थिएनन्।
रौतहटको दुर्गा भगवती–३ मत्सरी निवासी मण्डल ३ वर्षदेखि बिरामी थिए।
तीन वर्षअघि काठमाडौंबाट फर्किने क्रममा बस दुर्घटनामा परेर उनी गम्भीर घाइते भएका थिए। मण्डलले काठमाडौंसहित भारतका दिल्ली, भेलौर लगायतका ठाउँमा उपचार गराएका थिए।
विभिन्न ठाउँमा उपचार गर्दा पनि ठीक नभएपछि उनी केही समययता घरमै थिए। अवस्था गम्भीर बनेपछि केही दिनअघि परिवारका सदस्यले उनलाई जिल्ला अस्पताल पुर्याएका थिए। मण्डलका श्रीमती, दुई छोरा र एक छोरी छन्।
69
Shares
प्रतिक्रिया