रौटहट प्रहरीले बागमती नदीमा फसेका पाँच जनाको सकुशल उद्दार गरेको छ।
बागमती नदीमा शुक्रबार साँझ बाढी आउँदा फसेका पाँचजना भैँसी गोठालाको शनिबार दिउँसो उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी उमाशंकर प्रसाद यादवका अनुसार राजदेवी नगरपालिका ३ स्थित चन्डिहाबाट भैँसी चराउन बागमती नदीको बगरमा गएका चारजना महिला र एक पुरुष नदीमा अचानक बाढी आएपछि शुक्रबार साँझदेखि फसेका थिए।
नदीमा फसेकी ५० वर्षीया रामपति देवी, ३० वर्षीया ललिता देवी, ६० वर्षीय विलास साह, ४० वर्षीय करणशिला साह र सर्लाहीको बलरा जमुनियाका ६० वर्षीय किसन सहनीलाई १८ घण्टापछि उद्दार गरिएको डिएसपी यादवले जानकारी दिए।
शनिबार दिउँसो नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले डुंगाको सहायतामा उनीहरुको उद्धार गरेको हो। उद्दार गरिएकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया