ad ad

मधेस


स्कुलको गेट भत्किँदा एक बालकको मृत्यु, अर्का गम्भीर घाइते

स्कुलको गेट भत्किँदा एक बालकको मृत्यु, अर्का गम्भीर घाइते

सांकेतिक तस्बिर


नेपालखबर
असार १८, २०८० सोमबार १३:१६, सर्लाही

सर्लाहीको हरिवन ९ सुखेपोखरीस्थित ज्ञानज्योति आवासीय इङलिस बोर्डिङ स्कुलको गेट भत्किँदा एक बालकको मृत्यु भएको छ।

घटनामा अर्का एक बालक गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा सर्लाहीकै बागमती नगरपालिका ४ निवासी आकाश बलका चार वर्षीय छोरा आयुष बल रहेका प्रहरीले जनाएको छ।

सोमबार बिहान बालबालिकाहरु विद्यालय जाने क्रममा उक्त घटना भएको हो।

घरबाट सोही विद्यालयकै बसमा आएका बालबालिका स्कुल गेट नजिक झर्दै गर्दा विद्यालयको गेट भत्किँदा घटना भएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक शिवराम थापाले जानकारी दिए।

घटनामा अर्का चार वर्षीय बालक आदित्य बल गम्भीर घाइते भएका छन्।

फलामे गेटले थिच्दा गम्भीर घाइते भएका बालकद्वयलाई उपचारका लागि हरिवनमै रहेको नमूना अस्पताल लगिएको थियो।

आयुषको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते बालकलाई थप उपचारको लागि वीरगन्ज लगिएको छ। घटनाको विषयमा अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक थापाले जानकारी दिए।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .