मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनमत पार्टीका मन्त्रीहरूलाई बर्खास्त गर्ने भएका छन्।
सोमवार जनकपुरधाममा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री यादवले सत्ता गठबन्धनले भने जनमत पार्टीलाई तत्काल सरकारबाट बर्खास्ती गर्ने बताएका हुन्। उनले जनमत पार्टी लाज पचाएर सरकारमा बसिरहेको बताए।
मुख्यमन्त्री यादवले प्रदेश सरकारको एक वर्षे उपलब्धि सार्वजनिक कार्यक्रममा जनमत पार्टीका कार्यकर्ताहरुले प्रदेश सरकारबिरुद्ध नाराबाजी गरिरहेको र पार्टीका मन्त्रीहरु राजीनामा नदिइ लाज पचाएर बसिरहेको बताए।
उनले जनमतका मन्त्रीहरुले मधेस विश्वविद्यालयका रजिष्टार र भिसीलाई थर्काएर ताल्चा लगाएको भन्दै यो कुन तरिकाको गठबन्धनको हो? भन्दै प्रश्न गरे।
उनले जनमत पार्टीलाई संघ सरकारबाट हटाए आफू तत्काल प्रदेशको मन्त्रीहरुबाट पनि हटाइदिने बताए।
माघ ११ गते राष्ट्रिय सभा निर्वाचन हुँदैछ। सो निर्वाचनमा केन्द्रीय सत्ता गठबन्धनका साझा उम्मेदवारबिरूद्ध गठबन्धनका घटकसमेत रहेको जनमत पार्टीले उम्मेदवारी दिएको छ।
गठबन्धनको निर्णय अस्वीकार गर्दै राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारी दिएपछि असन्तुष्ट दलहरूले जनमत अध्यक्ष डा.चन्द्रकान्त राउतलाई गठबन्धन बैठकमा बोलाउन छाडेका छन्।
मधेस प्रदेश सरकारमा जनमत पार्टीमा शिक्षा तथा समाजकल्याण मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंह छन्।
Shares
प्रतिक्रिया