ad ad

मधेस


मधेसका मुख्यमन्त्रीले हटाए माओवादी, एकीकृत समाजवादी लगायतका ६ मन्त्री

मधेसका मुख्यमन्त्रीले हटाए माओवादी, एकीकृत समाजवादी लगायतका ६ मन्त्री

फाइल तस्बिर


नेपालखबर
असार २२, २०८१ शनिबार १३:७, काठमाडौँ

विश्वासको मत लिन लागेका मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारमा रहेका माओवादी, एकीकृत समाजवादी लगायत दलका मन्त्री हटाएका छन्। 

सरकारको नेतृत्व गरिरहेका जनमत पार्टीका नेता चन्दनकुमार सिंहका अनुसार माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका ६ मन्त्रीहरुलाई हटाइएको हो।

मुख्यमन्त्रीले माओवादी केन्द्रका २, एकीकृत समाजवादी २, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका एक/ एक मन्त्रीलाई सरकारबाट हटाएका हुन्।

मधेस प्रदेशसभामा चौथो ठूलो दलको रुपमा रहेको जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सिंहले सरकार गठन भएको एक महिना पुग्न लागेकपछि आज विश्वासको मत लिन लागेका हुन्। नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतको दलको सहयोगमा जेठ २५ गते सिंह मुख्यमन्त्री बनेका थिए।

केन्द्रको सत्ता गठबन्धनमा परिवर्तन आएसँगै उनलाई नेपाली कांग्रेस र नेकपा एमालेले विश्वासको मतका लागि सहयोग गर्ने भएका छन्।

मधेस प्रदेशसभामा नेकपा (एमाले) का २५, नेपाली कांग्रेसका २२ र  जनमत पार्टीका १३ सांसद छन्। तीन पार्टीको मात्रै जोड्दा ६० हुन्छ, जबकी बहुमतका लागि सिंहलाई ५३ सांसद मात्रै भए पुग्छ।

बहुमत पाउनेमा ढुक्क रहेका सिंहले विश्वासको मत लिनुअघिनै यसअघिका सत्ता सहयात्री माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी लगायतलाई सरकारबाट हटाएका हुन।

जनमत पार्टीका एक केन्द्रीय पदाधिकारीका अनुसार मुख्यमन्त्री सिंहले माओवादी, एकीकृत समाजवादीका मन्त्रीहरूलाई सरकारबाट हटिदिन आग्रह गरेका थिए। तर, उनीहरूले नमानेपछि मुख्यमन्त्रीले बर्खास्त गरेका हुन।

मधेश प्रदेशसभामा माओवादी केन्द्रका ९, नेकपा एकीकृत समाजवादीका ७, जनता समाजवादी पार्टीका १९ र नागरिक उन्मुक्ति पार्टीका १ सांसद छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई सर्मथन गरेको भए पनि जनमत पार्टी सरकारमा भने सहभागी भएको थिएन। 

नयाँ सत्ता समीकरण बनाउने सहमित गरेका नेपाली कांग्रेस र नेकपा एमालेले मधेसमा जनमत पार्टीकै सरकारलाई सर्मथन दिने बताइसकेका छन्। त्यस्तै अनुसार जनमत पार्टीले पनि अब बन्ने कांग्रेस–एमालेको संघीय सरकारलाई सघाउने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .