महोत्तरीको जलेश्वरमा रास्वपा संसदीय दलको बैठक सुरु भएको छ। आज (मंगलबार) बिहान १० बजे बैठक सुरु भएको हो।
संसदीय दलको बैठकपछि केन्द्रीय समितिको बैठक र त्यसपछि संयुक्त बैठक बस्ने कार्ययोजना रहेको रास्वपका सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीले बताए।
आजदेखि तीन दिनसम्म चल्ने बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र प्रदेश सभापतिहरूको समेत सहभागिता रहनेछ।
पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारका अनुसार बैठकमा राजनीतिक, साङ्गठनिक, आर्थिक, अनुशासनसम्बन्धी प्रतिवेदन प्रस्तुत हुनुका साथै सांसद र संसदीय कार्यको समीक्षा, पार्टीको समग्र रणनीति र महाधिवेशनलगायत विषयमा छलफल हुनेछ।
रास्वपाका सभापति रवि लामिछाने बारा, रौतहट र सप्तरीमा आयोजित जनसभालाई सम्बोधन गर्न यही मङ्सिर ८ गतेदेखि नै मधेश प्रदेशमै छन्।
21
Shares
प्रतिक्रिया