काठमाडौंको न्युरोडस्थित सुरज आर्केडको बेसमेन्ट खाली गराउन काठमाडौं महानगरपालिकाले निर्देशन दिएको छ।
बेसमेन्टमा पार्किङ गराउनपर्ने भन्दै सुरज आर्केड अगाडिको पार्किङ हटाउन लागिएको महानगरपालिकाले जनाएको छ।
नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोली न्यूरोडमा रहेको सुरज आर्केडको पार्किङ खाली गराउन पुगेको हो।
केहीदिनदेखि नयाँ बानेश्वर, शंखमुल, सुन्धारा न्यूरोड लगायतका क्षेत्रका अवैधानिक संरचना धमाधम महानगरपालिकाले भत्काइरहेको छ।
भिडिओः
120
Shares
प्रतिक्रिया