संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सांसदहरूको प्रश्नोत्तर सुरु भएको छ।
आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री रवि लामिछानेबारे पनि जवाफ दिने बताएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्रीमाथि सहकारी ठगीको आरोप लागेको भन्दै पदमा बस्न उचित नहुने तर्क गर्दै आएको छ।
प्रतिनिधिसभा नियमावलीको परिच्छेद–९ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम संचालन सम्बन्धी व्यवस्था छ।
सोही नियमावली अनुसार प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो घण्टा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने गरेको छ।
‘प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्नेछ,’ नियमावलीको नियम ५६ (१) मा भनिएको छ।
प्रतिक्रिया