हङकङले भन्यो– कोभिड रणनीतिबारे बहस गर्नु अवैध होइन

हङकङले भन्यो– कोभिड रणनीतिबारे बहस गर्नु अवैध होइन

नेपालखबर
माघ १७, २०७८ सोमबार ९:२१, काठमाडौँ

हङकङको सरकारले कोभिड–१९ बारेको आफ्नो रणनीतिबारे प्रतिक्रिया दिनु वा बहस गर्नु अवैध नरहेको बताएको छ।

यसले हङकङको राष्ट्रिय सुरक्षा कानुनको पनि उल्लंघन नहुने सरकारले स्पष्ट पारेको छ। 

हङकङमा कोरोना संक्रमण बढिरहेको अवस्थामा आइतबार हङकङको सरकारले यस्तो बताएको हो। 

हङकङले बेइजिङको मार्ग पछ्याउँदै शून्य संक्रमणको नीति लिँदै आएको छ। यसले हङकङको आर्थिक र नागरिकहरुको मानसिक समस्या पनि बढाएको छ।

यस्तोमा विशेषज्ञले पनि अहिलेको नीति दीर्घकालीन नरहेको र कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको कारण निरन्तर संक्रमण बढ्दो क्रममा रहेको बताएका छन्। 

हङकङ सरकारले एक विज्ञप्ति जारी गर्दै अहिले लिएको नीति यसअघि निकै प्रभावकारी देखिएको र यसले संक्रमण नियन्त्रणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेको छ। 

यसअघि हङकङका एक सांसदले कोभिड रणनीतिबारे बहस सिर्जना गर्नु राष्ट्रिय सुरक्षा नीतिको उल्लंघन भएको आरोप लगाउँदै यस्तो अभिव्यक्ति दिने विशेषज्ञमाथि कारबाही हुनुपर्ने माग गरेका थिए।

यस्तोमा सरकारले त्यस्तो अभिव्यक्ति दिनुले राष्ट्रिय सुरक्षा कानुनको उल्लंघन भने नहुने बताएको हो। 

सरकारका अनुसार अझै पनि सहरका ७५ लाखमध्ये १० लाखभन्दा धेरै मानिसले कोरोना खोप लगाएका छैनन्। यस्तोमा उनीहरुलाई कोरोना संक्रमण हुनुले मृत्युको जोखिम पनि धेरै हुने विज्ञप्तिमा उल्लेख छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .