यसबीचमा हङकङ र चीनका गेमर अनलाईन भिडियो गेम जीटीएमा प्रदर्शनकारी र प्रहरी बन्दै भिडेका छन्।
हङकङका गेमर प्रदर्शनकारी र चीनका गेमर प्रहरी बनेको बीबीसीले जनाएको छ।
जीटीए अनलाइन गेम यस्तो गेम हो जहाँ एक गेमरले एक पात्र बनाउन सक्छ। हालै अपडेट भएको जीटीए गेम सर्भरमा हङकङका प्रदर्शनकारीले लगाएको जस्तै लुगाको सुविधा भएको जनाइएको छ।
चीन र हङकङका गेमरले गेममार्फत् हङकङ प्रदर्शनको जीवन्त चित्र प्रस्तुत गरेको बताइएको छ।
गेममा प्रहरीले पानीको फोहरा प्रहार गरेका थिए भने प्रदर्शनकारीले ढुंगा, पेट्रोलबम प्रहार गरेको जनाइएको छ।
प्रतिक्रिया