हङकङ विमानस्थलमा क्याथे प्यासिफिकको टायर फुट्दा ११ यात्रु घाइते

हङकङ विमानस्थलमा क्याथे प्यासिफिकको टायर फुट्दा ११ यात्रु घाइते

नेपालखबर
असार ९, २०८० शनिबार ११:२०, हङकङ

हङकङ विमानस्थलमा क्याथे प्यासिफिक एयरवेजको टायर फुटेर दुर्घटना हमुँदा ११ जना घाइते भएका छन्। हङकङदेखि क्यालिफर्नियास्थित लस एन्जेल्सको उडानका क्रममा रहेको जहाजको एउटा टायर फुटेको थियो।

स्थानीय समयअनुसार शनिबार बिहान साढे १० बजे भएको दुर्घटनामा २९ देखि ७७ वर्ष उमेरका १ पुरुष र १० जना महिला घाइते भएका हुन्।

जहाजमा १७ जना चालक दलसहित २९३ यात्रु सवार थिए। विमानस्थलका सूचना अधिकारीका अनुसार जहाजमा समस्या आपछि यात्रुहरूलाई आकस्मिक अवतरण गराउन लागिएको थियो। सोही क्रममा उक्त दुर्घटना भएको उनले बताएका छन्।

दुर्घटनापछि घाइतेलाई अस्पताल भर्ना गरिएको थियो। १ जना उपचाररत रहेकोमा ९ जनालाई डिस्चार्ज गरिएको क्याथे प्यासिफिक एयरवेजले विज्ञप्तिमार्फत् जनाएको छ।

विमानमा सवार ४२ वर्षीय अभिनेत्री सेलना ली सेवाले विमानमा समस्या देखिएपछि तिव्र गतिमा ब्रेक लगाइएको सबैजना डराएको अनुभव शेयर गरेकी छन्। उनले इन्स्टाग्राममा भिडिओ पोस्ट गर्दै भनेकी छन्, 'सबैजना डराएएका थियौँ। कप्तान र उडान परिचारकले हामीलाई आकस्मिक अवतरण गर्न भनेपछि सबै चिच्याएको, नर्भस देखिएको अवस्था थियो।' 

उक्त दुर्घटनापछि उडान रद्द भएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .