हङकङमा शुक्रबार कोरोना भाइरसबाट संक्रमित थप तीन जना बिरामी फेला परेका छन्। यससँगै यो सहरमा संक्रमितको संख्या ५६ पुगेको छ।
नयाँ बिरामीमध्ये एक जना गम्भीर अवस्थामा रहेको बताइएको छ। ती व्यक्तिको प्रिन्सेस मार्गरेट अस्पतालमा उपचार भइरहेको सेन्टर फर हेल्थ प्रोटेक्सनले जनाएको छ।
अन्य दुई जना यसअघि संक्रमितहरुकै परिवारको सदस्य भएको बताइएको छ।
प्रतिक्रिया