थाइल्यान्डबाट हङकङका लागि उडेको हङकङ एयरलाइन्सको उडान HX780 मा ल्यान्डिङ गियरमा समस्या देखिएपछि पुनः उतै फर्किएको छ।
आइतबार बिहान २.०४ बजे बैंककबाट टेकअफ भएको केही समयपछि ल्यान्डिङ गियर ‘रिट्र्याक्ट’ असफल भएपछि चालक दलले बैंकक नै फर्कने निर्णय लिएको थियो।
उडान स्ट्यान्डर्डअनुसार विमानलाई बैंककको सुवर्णभूमि विमानस्थलमा अवतरण गरिएको थियो। अवतरण गर्नुअघि विमानले आकाशमा फन्को मारेको थियो।
डिमसम दैनिक लेख्छ- अवतरणपश्चात् मर्मत कर्मचारीले एक सेटको टायरमा तरल पदार्थ ‘लिक’ भएको पत्ता लगाएका थिए।
183
Shares
प्रतिक्रिया