ad ad

छापा खबर


‘सरोगेसी’ले दियो ज्योति परिवारलाई ठूलो धक्का

‘सरोगेसी’ले दियो ज्योति परिवारलाई ठूलो धक्का

नेपालखबर
कात्तिक २८, २०७६ बिहिबार २:२,

नेपालमा कानुनले नै प्रतिबन्ध लगाएको सरोगेसी (आमाको कोख भाडामा दिने कार्य) मा ज्योति परिवारबाट सञ्चालित ग्रान्डी सिटी अस्पताल सक्रिय छ।

सरकारबाट कारबाही चलाएपछि सो कार्य बन्द गर्न बाध्य भएदेखि नै यस घरानाको प्रतिष्ठामा धक्का लागेको छ।

२०७२ असोजको दोस्रो साता नाम चलेका निजी अस्पताल र सरकारका तत्कालीन स्वास्थ्य मन्त्री खगराज अधिकारीसमेतको टोली नराम्ररी विवादमा मुछिएपछि कारबाही अघिबढाइएको थियो।

त्यतिबेला नेपाललाई ‘हेल्थ टुरिजम’को ‘हब’ बनाउने भन्दै नेपालमा निजीक्षेत्रबाट सञ्चालित नाम चलेका केही अस्पतालले कानुन विपरीत सरोगेसी सेवा सञ्चालन गरे।

यस विषयमा चौतर्फीरूपमा व्यापक आलोचना भएपछि स्वास्थ्य मन्त्रालयले अनुगमन नै गरेको थियो।

अनुगमनका क्रममा यस्तो गैरकानुनी धन्दा सञ्चालनमा जमलमा रहेको ग्रान्डी सिटी अस्पताल पाइएको प्रतिवेदन रिपोर्टमा उल्लेख गरिएको थियो।
प्रतिवेदनमा उक्त अस्पतालमा १ सय ८० जना सेरोगेट मदर रहेको मन्त्रालयसमक्ष स्वीकारेको समेत उल्लेख गरिएको थियो।

सोही बेला डेढ महिनाका जस्ता देखिने शिशु बोकेर स्वास्थ्य मन्त्रीलाई भेट्न मन्त्रालय पुगेका तीन अस्ट्रेलियाली नागरिकले ग्रान्डी इन्टरनेसनल हस्पिटलमा बच्चा जन्मेको बताई अन्य अस्पतालमा पनि सरोगेसी सेवा दिइरहेको खुलासा गरेका थिए।

सर्वोच्च अदालतले २०७२ भदौ ८ गते नै सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो। उक्त निर्णय प्रधानन्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले गरेको थियो।

यो खबर आजको समाचारपत्र दैनिकले छापेको छ।

उक्त निर्णयपछि मात्र मन्त्रिपरिषद्को २०७२ भदौ ३० गते बसेको बैठकले पहिलाको निर्णय खारेज गरेको थियो।

त्यतिबेला दैनिकजसो स्वास्थ्य मन्त्रालयमा अमेरिका, अस्ट्रेलिया र इजरायली दूतावासका अधिकारीहरू नै स्वास्थ्य मन्त्रीलाई भेट गर्न धाउन थालेको तत्कालीन स्वास्थ्य मन्त्री अधिकारी स्वयंले स्विकार्नुभएको थियो।

सबैतिर व्यापक आलोचना भएपछि नेपालस्थित अमेरिकी दूतावासले ‘नेपालको सर्वोच्च अदालतले सन् २०१५ अगस्ट २५ मा सरोगेसी ९भाडाको कोख०को सेवा रोकेको र नेपालको मन्त्रिपरिषद्ले २०१५ सेप्टेम्बर १८ मा यसलाई सर्वोच्च अदालतको फैसलाको मितिदेखि नै लागू हुने गरी औपचारिकरूपमा प्रतिबन्ध लगाएको’ भनेर सूचना नै सार्वजनिक गरेको थियो।

सर्वोच्च अदालतले सन् २०१६ डिसेम्बर १२ मा अन्तिम फैसला सुनाएको थियो जसअनुसार सन्तान हुन नसक्ने नेपाली विवाहित दम्पतीले मात्र यो सेवा लिन पाउँछन्, एकल महिला वा पुरुष, तेस्रो लिङ्गी जोडी र विदेशी नागरिकहरूले पाउँदैनन्।

सरोगेसी सेवा नेपालभित्र प्रतिबन्धित भएको कारण यससँग सम्बन्धित अभिलेखको प्रक्रिया यहाँबाट गर्न सकिँदैन। उदाहरणका लागि जन्मको प्रमाण लिन नसकिने, नेपालबाहिर आईभीएफ र सरोगेसी सेवा लिएको भए पनि नेपालमा सन्तान जन्मेको छ भने उसको भिसा वा एक्जिट पर्मिट नपाइने अवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .