ad ad

छापा खबर


नेपालमा खतरनाक बन्दै निमोनिया, बालबालिकाको ज्यान जाला है!

नेपालमा खतरनाक बन्दै निमोनिया, बालबालिकाको ज्यान जाला है!

नेपालखबर
कात्तिक २८, २०७६ बिहिबार १:५२,

तपाईंका कलिला बालबालिका श्वास प्रश्वासजन्य रोगको सिकार त बन्दै छैनन्?

समयमा ध्यान नपु¥याउने र संवेदनशील नबन्ने हो भने तपाईंका बालबालिकालाई श्वासप्रश्वासको संक्रमणले लामो समयसम्म सताउन सक्ने देखिएको छ।

श्वासप्रश्वासले जटिल रूप लिए निमोनिया हुन सक्ने र समयमा उपचार नभए बालबालिकाको मृत्युसमेत हुन सक्ने चिकित्सकले बताएका छन्। यो खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्।

सरकारकै एक तथ्यांकले एक वर्षको अवधिमा मात्रै १७ लाखभन्दा बढी बालबालिका त्यस्तो रोगको संक्रमणले प्रभावित भएको देखाएको छ । जुन कुल बालबालिकाका आधाभन्दा बढी हो।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका अनुसार २०७५÷७६ मा १७ लाख बालबालिकाहरू स्वासप्रश्वाससम्बन्धी रोगबाट प्रभावित भएका हुन् । स्वासप्रश्वासजन्य रोगअन्तर्गत रुघाखोकी, फोक्सोमा संक्रमणलगायत पर्छन् ।

श्वासप्रश्वासजन्य रोगबाट प्रभावित १७ लाख बालबालिकामध्ये झन्डै १ लाख ५० हजार बालबालिकामा निमोनिया देखिएको छ । निमोनिया देखिएकामध्ये करिब ३ सय जनाको मृत्यु भएको महाशाखाले जनाएको छ।

शिशु जन्मेको पहिलो ६ महिनासम्म पूर्ण स्तनपान नगराउने, बालबालिकालाई पूर्ण खोप नलाउने, सरसफाइमा ध्यान नदिनेलगायतका कारणले बालबालिकामा निमोनियाको समस्या देखिने गरेको परिवार कल्याण महाशाखाअन्तर्गत बालस्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा। झलक शर्मा गौतमले बताए।

निमोनिया भनेको फोक्सोमा हुने संक्रमण हो । निमोनिया भएमा खोकी लाग्ने, छिटोछिटो श्वास फेर्ने समस्या हुन्छ । पछिल्लो तथ्यांकअनुसार देशभर ३० लाख बालबालिका छन्।

जन्मिएको ६ महिनासम्मका बालबालिकालाई स्तनपान नगराएमा र खोप लगाउनबाट वञ्चित भएका बालबालिकामा श्वासप्रश्वासजन्य रोगको सम्भावना बढी हुने चिकित्सकहरू बताउँछन्।

शाखाको तथ्यांकअनुसार नेपालमा पाँच वर्षमुनिका बालबालिकाको मृत्युको प्रमुख कारण निमोनिया हो । बच्चा जन्मिने बित्तिकैको बिगौती दूध खाँदा रोगको जोखिमबाट बच्न सकिने चिकित्सकहरू बताउँछन्।

श्वासप्रश्वासजन्य रोग हुन नदिन के गर्ने?
— नियमित गर्भजाँच गर्ने
—बच्चा जन्मनेबित्तिकै आमाको बिगौती दूध खुवाउने
—६ महिनासम्म आमाको दूध खुवाइन नछुटाउने
—६ महिनादेखि २ वर्षसम्म आमाको दूधसहित पौष्टिक तŒव खुवाउने
—बुवाआमाले बच्चाको नजिक चुरोट सेवन नगर्ने
—नियमित तालिका अनुसार खोप लगाउने
—नियमित हात धुने, शुद्ध खानेपानी तथा सरसफाइमा ध्यान दिने

लक्षण केके हुन्?
–ज्वरो आउने
–श्वासप्रश्वास दर बढ्ने
–खानेकुरा नखाने
–छातीको तल्लो भागमा रहेका मांसपेसीभित्र पस्ने
–खोकी लाग्ने
–श्वास फेर्न कठिन हुने
–ससाना बालबालिकाले आमाको दूध नचुस्ने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .