ad ad

छापा खबर


बैंकिङ अपराधमा कर्मचारी : १० वर्षमा २२ अर्ब ठगी

बैंकिङ अपराधमा कर्मचारी : १० वर्षमा २२ अर्ब ठगी

नेपालखबर
मंसिर ७, २०७६ शनिबार ०:३३,

पछिल्लो १० वर्षमा बैंकका कर्मचारीकै मिलेमतोमा २२ अर्बभन्दा धेरै अनियमितता भएको छ।

यस अवधिमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैकिङ कसुरमा ५२ बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कर्मचारीसहित हजारभन्दा धेरै जनाविरुद्ध मुद्दा चलाएको छ।

उनीहरूसँग २२ अर्ब ६ करोड ८ लाख ४६ हजार ८ सय ३४ रुपैयाँ बराबरको बिगो दाबी गरिएको खबर आजको नयाँ पत्रिकामा नवराज मैनालीले लेखेका छन्।

हाल सीआईबीले नेपाल बैंकका नवौं तहका कर्मचारी भूपराज कोइरालाले गरेको करिब ६० लाख अनियमितता घटनामा छानबिन गरिरहेको छ।

दुई महिनाअघि ब्युरोले बैंक अफ काठमाण्डूका पूर्वसिइओ अजय श्रेष्ठसहितका कर्मचारीविरुद्ध दुई करोड ५० लाख बिगोको मुद्दा दायर गरेको थियो । श्रेष्ठ पुर्पक्षका लागि कारागार चलान भएका छन्। खोलाको जग्गालाई राजमार्गछेउको भनेर कर्जा दिई अनियमितता गरेको भन्दै प्रहरीले मुद्दा चलाएको थियो।

एउटै बैंकबाट झन्डै आठ अर्बसम्म ठगी

  • क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स : सात अर्ब ७३ करोड ५७ लाख 
  • नेपाल सेयर मार्केट  एन्ड फाइनान्स : पाँच अर्ब  ७९ लाख
  • एपेक्स बैंक : एक अर्ब ५० करोड
  • एच एन्ड बी डेभलपमेन्ट बैंक : एक अर्ब पाँच करोड ३३ लाख
  •  गोरखा डेभलपमेन्ट बैंक– ८६ करोड ७३ लाख 
  •  पिपुल्स फाइनान्स– ७३ करोड ९२ लाख 
  •  किस्ट बैंक– ५७ करोड ४४ लाख 
  •  हिमालयन फाइनान्स र वैभव फाइनान्स– ५३ करोड ६ लाख 
  •  क्रिस्टल फाइनान्स– ४४ करोड ६१ लाख 
  •  नेपाल विकास बैंक– ३६ करोड पाँच लाख 
  •  कृषि विकास बैंक (स्वयम्भू शाखा)– ३३ करोड ९३ लाख 
  •  बुटवल फाइनान्स– २७ करोड २६ लाख 
  •  सिद्धार्थ डेभलपमेन्ट बैंक– २५ करोड २८ लाख 
  •  नेपाल बैंक– १५ करोड ५१ लाख 
  •  किस्ट बैंक– १५ करोड १६ लाख 
  •  जनरल फाइनान्स– १३ करोड ९९ लाख 
  •  एनआइडिसी क्यापिटल मार्केट– १३ करोड १७ लाख 
  •  कृषि विकास बैंक (लगनखेल शाखा)– १० करोड ६२ लाख 
  •  युनाइटेड विकास बैंक– नौ करोड २४ लाख 
  •  प्रोग्रेसिभ फाइनान्स– सात करोड ६९ लाख 
  •  हामा मर्चेन्ट एन्ड फाइनान्स– सात करोड ६० लाख 
  •  एनआइसी एसिया– ६ करोड ७४ लाख 
  •  सम्झना फाइनान्स– ६ करोड २८ लाख 
  •  एनआइडिसी क्यापिटल मार्केट– चार करोड ७८ लाख 
  •  राष्ट्रिय वाणिज्य बैंक (धुलिखेल शाखा)– चार करोड ७१ लाख 
  •  पश्चिमाञ्चल फाइनान्स– चार करोड ४६ लाख 
  •  कृषि विकास बैंक (न्युरोड शाखा)– चार करोड ४२ लाख 
  •  कैलाश विकास बैंक– तीन करोड ४१ लाख 
  •  मञ्जुश्री फाइनान्स– तीन करोड २१ लाख 
  •  श्रीलंका मर्चेन्ट एन्ड फाइनान्स– दुई करोड ९२ लाख 
  •  एनबी बैंक– दुई करोड ९२ लाख 
  •  सामुदायिक लघुवित्त– दुई करोड ५७ लाख 
  •  बैंक अफ काठमाण्डू– दुई करोड ५० लाख
  •  देवः विकास बैंक– दुई करोड १० लाख 
  •  माछापुच्छ्रे बैंक– एक करोड ४२ लाख 
  •  यती डेभलपमेन्ट बैंक– एक करोड ४० लाख 
  •  मञ्जुश्री फाइनान्स– एक करोड ३४ लाख 
  •  सिटिजन्स बैंक– एक करोड २८ लाख 
  •  सिभिल बैंक– एक करोड २३ लाख
  •  कृषि विकास बैंक  (रत्नपार्क)– एक करोड १० लाख 
  •  प्रुडेन्सियल फाइनान्स– ८७ लाख 
  •  ग्लोबल आइएमई बैंक– ८६ लाख ७० हजार 
  •  राष्ट्रिय वाणिज्य बैंक– ८१ लाख १२ हजार 
  •  सिभिल बैंक– ४५ लाख ४५ हजार
  •  नबिल बैंक– ४४ लाख ४९ हजार 
  •  सिभिल बैंक (बौद्ध शाखा)– ३५ लाख ६१ हजार
  •  इम्पेरियल फाइनान्स– ३० लाख ६८ हजार 
  •  सनराइज बैंक– २२ लाख ७७ हजार 
  •  एभरेस्ट बैंक– १९ लाख ५० हजार 
  •  हिमालयन बैंक– ६ लाख ५८ हजार 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .