ad ad

राजनीति


जर्मनीको वामपन्थी पार्टीसँग पनि नेकपाको ६ बुँदे सम्झौता

जर्मनीको वामपन्थी पार्टीसँग पनि नेकपाको ६ बुँदे सम्झौता

नेपालखबर
मंसिर ६, २०७६ शुक्रबार १६:३,

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चिनियाँ कम्युनिष्ट पार्टीपछि जर्मनीको वामपन्थी पार्टीसँग सम्बन्ध विस्तार गरेको छ। नेपाल भ्रमणमा आएको जर्मनीको वामपन्थी पार्टी डि लिंके र नेकपाबीच ६ बुँदे समझदारी पत्र आदानप्रदान भएको हो।

यसअघि चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणअघि चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाबीच ६ बुँदे समझदारी भएको थियो।

डि लिंके जर्मनीको वामपन्थी पार्टी हो। नेकपा विदेश मामिला विभागका उपप्रमुख विष्णु रिजालका अनुसार दुई पार्टीबीच भएको सम्झौतामा उच्चस्तरीय भ्रमणको आदानप्रदान गर्ने, विभिन्न तहको भ्रमणहरुको आदानप्रदान गरेर द्वीपक्षीय सम्बन्धलाई मजबुत बनाउने, समकालीन अन्तर्राष्ट्रिय सम्बन्धमा साझा धारणा बनाउने, अध्ययन भ्रमण र सैद्धान्तिक गोष्ठीहरुको आयोजना गर्ने जस्ता विषयहरु रहेको छन्। 

सम्झौतामा नेकपाका विदेश विभागका प्रमुख माधवकुमार नेपाल र डि लिंकेका अन्तर्राष्ट्रिय आयोगका प्रमुख हाइन्ज बिइबामले हस्ताक्षर गरेका छन्। काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजाल र डि लिंकेका विदेश विभागका उपप्रमुख बिइबामबीच उक्त सम्झौतापत्र आदानप्रदान भएको छ।

नेकपा विदेश विभागको निमन्त्रणमा नेपाल भ्रमणमा आएको डि लिंकेको टोलीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गरेको थियो। टोलीमा पार्टीको केन्द्रीय सचिव यर्ग सिन्मर, उपप्रमुख जनिन विस्लर रहेका थिए।

डि लिंके जर्मनीको पाँचौ ठूलो राजनीतिक दल हो। ७०९ सदस्यीय संसदमा सो दलको ६९ स्थान रहेको छ। यस पार्टीको संगठन जर्मनीको १६ वटै प्रदेशका ३५९ वटै जिल्लामा रहेको छ। कूल ६१ हजार ५ सय पार्टी सदस्य मध्ये ३६।५ प्रतिशत महिला छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .