ad ad

छापा खबर


बिजुक्छे भन्छन् : अबको प्रधानमन्त्री प्रचण्ड, भारतको तयारी त्यस्तै छ

बिजुक्छे भन्छन् : अबको प्रधानमन्त्री प्रचण्ड, भारतको तयारी त्यस्तै छ

नेपालखबर
मंसिर २१, २०७६ शनिबार ३:३८,

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भने ओलीपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने दाबी गरेका छन्।

भारतले ओलीपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउने तयारीमा जुटेको समेत उनले दाबी गरे।

यसका लागि प्रचण्डले पनि लिम्पियाधुरा तथा कालापानी क्षेत्रमा भारतले गरेको अतिक्रमणलाई अन्तर्राष्ट्रियकरण गर्न हुन्न भनेर ‘प्रभु भक्ति’ गरिसकेको अध्यक्ष बिजुक्छेको आरोप छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनियरिङ कलेजको १८ औं र ख्वप कलेज अफ इञ्जिनियरिङको ११ औं वार्षिकोत्सवको शुक्रबार उद्घाटन गर्दै उनले उक्त तर्क गरेका हुन्।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले केही गर्न सक्नु भएन भने प्रचण्ड प्रधानमन्त्री बन्नुहुन्छ’, अध्यक्ष बिजुक्छेले भने, ‘भारतले लिम्पियाधुरा र कालापानी क्षेत्रमा गरेको सीमा अतिक्रमणलाई प्रचण्डले अन्तर्राष्ट्रियकरण गर्न पर्दैन, कूटनीतिक वार्ता गर्नुपर्छ भन्नु नै प्रधानमन्त्रीको लाइनमा रहेको पुष्टि हुन्छ।’

तर कूटनीतिक वार्ता गर्दा हिजो सुस्तामा आधा भूभाग गुमाउनुपरे जस्तै अहिले प्रचण्डले प्रधानमन्त्री पाउँदा लिम्पियाधुरा र कालापानी पनि नेपालले आधामात्रै पाउने सम्भावना रहेको उनले स्पष्ट पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .