ad ad

छापा खबर


भ्रुण हत्याको असर : नेपालमा छोरीको संख्या घट्दै, छोराको बढ्दै

भ्रुण हत्याको असर : नेपालमा छोरीको संख्या घट्दै, छोराको बढ्दै

नेपालखबर
पुस १०, २०७६ बिहिबार २:२८,

एक वर्षभन्दा मुनीको जनसंख्याको लैँगिक अनुपातमा असन्तुलनको संकेत देखापर्न थालेको छ।

वातावरण, स्वास्थ्य, जनसंख्यासम्बन्धी गतिविधिको अनुसन्धान केन्द्र (कृपा) र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) ले हेटौँडामा सार्वजनिक गरेको तथ्यांकअनुसार सय जना छोरीको जन्म हुँदा एक सय पाँचभन्दा बढी छोरा जन्मने गरेका छन्।

हेटौँडाबाट लेखिएको यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

‘छोरा र छोरीको जन्मको संख्याको आधारमा यस्तो फरक पाइयो,’ कृपाका निर्देशक आनन्द तामाङले भने, ‘लिंग पहिचान गरेर भ्रुण हत्या गर्ने प्रवृत्ति मौलाउँदो देखियो।’

बच्चा जन्मिनुअघि लिंग पहिचान र विभेदपूर्ण लिंग छनोट भइरहेकाले तराई र पहाडका केही जिल्लाको जनसंख्यामा लैँगिक असमानता देखिन थालेको तथ्यांकमा उल्लेख छ।

अर्घाखाँचीमा एक सय २७ बालक जन्मिँदा छोरी एक सय मात्रै जन्मिने गरेका छन्।

मकवानपुरमा एक सय पाँच बालक जन्मिदा बालिका एक सय जना जन्मिने गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .