ad ad

छापा खबर


सुवास नेम्वाङ भन्छन् : दुवै अध्यक्षले सभामुखमा मलाई नै राेज्नुभएकाे छ

सुवास नेम्वाङ भन्छन् : दुवै अध्यक्षले सभामुखमा मलाई नै राेज्नुभएकाे छ

नेपालखबर
पुस १०, २०७६ बिहिबार ४:४४,

अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड ले छलफल अगाडि बढाएसँगै नेकपामा प्रतिनिधिसभाको सभामुख उम्मेदवार चयन प्रक्रिया निष्कर्षनजिक पुगेको छ।

नयाँ सभामुखका लागि निर्वाचिन प्रक्रिया शुक्रबार प्रतिनिधिसभाको बैठक बोलाएकाले ओली र प्रचण्डले पनि सभामुखको उपयुक्त उम्मेदवारका लागि छलफललार्य निष्कर्षउन्मुख बनाएका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको छलफलमा ओली र प्रचण्डले पूर्वसभामुख सुवास नेम्वाङ वा स्थायी समिति सदस्य अग्नि सापकोटालाई सभामुख उम्मेदवार बनाउने तय गरेका छन्।

यसै सन्दर्भमा आजको नयाँ पत्रिकाले सुवास नेम्वाङसँगको कुराकानी छापेको छ :

तपाईं सभामुखको दाबेदार हो कि होइन?
मैले त्यसलाई व्यक्तिगत दाबी वा टिप्पणी गर्ने विषय होइन। त्यो सम्बन्धित दलको संसद्को विषय हो । सम्बन्धित दलले नै यसलाई छिटो टुंगोमा पुर्‍याउँदा उपयुक्त हुन्छ।

यसको मतलब दलले टुंगो नलगाएसम्म तपाईं सभामुखको दाबेदार होइन?
मैले अघिल्लो प्रश्नमै भनिसकेँ । यो मेरो व्यक्तिगत दाबीको प्रश्नै होइन, संसद्ले नै टुंगो लगाउने गम्भीर विषय हो । अब बन्ने सभामुखले राष्ट्रपति, प्रधानमन्त्री, विपक्षी दलका नेता, संसद्मा रहेका सबै राजनीतिक दललाई एक ठाउँमा उभ्याउने काम गर्नुपर्छ । त्यस्तो गर्न सक्ने कुनै पनि साथीलाई संसद्ले सभामुख चयन गरोस् भन्ने मेरो धारणा हो ।

यसको अर्थ जो सभामुख हुँदा पनि तपाईंलाई स्वीकार्य छ?
त्यसमा त कुनै विवाद छैन नि। यो वा त्योभन्दा पनि उपयुक्त व्यक्ति जो बन्दा पनि हुन्छ भन्ने मेरो धारणा हो ।

तर, बाहिर त तपाईं नै प्रधानमन्त्रीको रोजाइमा परेको चर्चा छ नि?
मलाई प्रधानमन्त्रीले मात्र होइन, कमरेड प्रचण्डले पनि तपाईं नै सभामुख हुनुपर्छ भनिसक्नुभएको छ। त्यस्तै, संसद्मा रहेका सम्पूर्ण दलका नेताले पनि तपाईं नै हुनुपर्छ भनिरहनुभएको छ। त्यसकारण प्रधानमन्त्रीले मात्र भन्नुभयो भन्ने त प्रश्नै रहेन नि।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .