ad ad

राजनीति


अमेरिका र भारतपछि आईजीपी खनालको चीन भ्रमण सरकारद्वारा रद्द

अमेरिका र भारतपछि आईजीपी खनालको चीन भ्रमण सरकारद्वारा रद्द

नेपालखबर
पुस १०, २०७६ बिहिबार ४:४०,

नेपालमा रहेर आपराधिक गतिविधिमा संलग्न चिनियाँविरुद्ध चीनसँगको समेत समन्वयमा नेपाल प्रहरीले अपरेसन गरिरहेका बेला नेपाल प्रहरी प्रमुख आईजीपी सर्वेन्द्र खनालको चीन भ्रमण नै सरकारले रद्द गरेको छ।

गृहमन्त्री रामबहादुर थापा र आईजीपी खनालसहितको टोली यही पुस २१ गते चीन भ्रमण जाने कार्यक्रम थियो। गृहमन्त्री थापाँ चीन सरकारकाे निमन्त्रणामा ७ दिनका लागि चीन जाँदै छन्।

नेपालमा बसेर चीनविरुद्ध साइबर अपराधमा संलग्न चिनियाँ नागरिककाे समूह सोमबार काठमाडौंमा पक्राउ परिरहँदा बसेको मन्त्रिपरिषद् बैठकले आईजीपी खनाललाई चीन नपठाउने निर्णय गरेको हो।

अपरेसन फितलाे भएकाे र प्रचारबाजी मात्र बढी भएकाे भन्दै सरकारले आईजीपी खनाललाई चीन भ्रमणमा नपठाउने निर्णय गरेकाे गृहकाे उच्च स्राेतले बतायाे। 

यसअघि आईजीपी खनाल भारत भ्रमणमा जाने प्रस्ताव पनि गृह मन्त्रालयले अघि नबढाएपछि रोकिएको थियो।

याे पनि : आइजीपी खनालविरुद्ध गृहको अनुसन्धान, रोकियो भारत भ्रमण

यस्तै अमेरिका भ्रमण प्रस्ताव र अहिले चीन भ्रमण प्रस्तावसमेत मन्त्रिपरिषद्ले फिर्ता गरेको हाे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .