पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न भएको आरोप लागेका दैलेखको दुल्लू नगरपालिका ६ छिउडीपुसाकोटका ३९ वर्षीय अरुण भनिने बमबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ।
लुकिछिपि कैलालीमा बस्दै आएका उनलाई प्रहरीले पक्राउ गरि सोमवार दैलेख ल्याएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
पत्रकार थापाको २६ साउन ०६१ मा तत्कालिन नेकपा माओवादीका कार्यकर्ताले हत्या गरेका थिए।
हत्यामा संलग्न भएको भन्दै थापाकी पत्नी लक्ष्मी थापाले ९ जना बिरुद्ध किटानी जाहेरी दर्ता गरेकी थिइन्। खड्कालाई जिल्ला अदालतमा पेश गरिएको डिएसपी हरिबहादुर ओलीले बताए।
प्रतिक्रिया