ad ad

छापा खबर


कोरोनाविरुद्ध २० थरीका खोपको विकास

कोरोनाविरुद्ध २० थरीका खोपको विकास

नेपालखबर
फागुन २२, २०७६ बिहिबार ०:३३,

विश्वमा कोरोना भाइरसको सङ्क्रमण फैलने क्रममा हालसम्म ७७ देश कोरोना सङ्क्रमणबाट प्रभावित भएको छ । यो सङ्ख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।

विश्व स्वास्थ्य सङ्गठनले एसियाका नेपालसहित पाँच देश उच्च जोखिममा रहेको भन्दै अनुगमन गरिरहेको छ । हालसम्म कोरोनाले मर्नेको सङ्ख्या तीन हजार २०३ पुगेको छ।

विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा.टेड्रोस अदानम गेब्रियसले बुधबार चीनबाहेक ८० प्रतिशत कोरोना सङ्क्रमण कोरिया, इरान र इटालीको रहेको जनाएका छन्। यो खबर आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छन्।

ग्रेबियसले कोरोनाको उपचार पद्धति र खोप उपचार पहिले नआएको बताएका छन्। तथापि हालै गरिएका परीक्षणले २० वटा खोप विकास भइसकेका उनले बताए।

यिनको चिकित्सकीय परीक्षण चलिरहेको छ । उनले मौसमी फ्लु नियन्त्रण गर्न नसकिने तर कोरोना भाइरस नियन्त्रण सम्भव रहेको विश्वमाझ जानकारी दिएका छन्।

अन्य फ्लुमा देशहरूले सम्पर्कविच्छेद गर्दैनन् तर कोरोनामा गर्नुपर्छ। यसले सङ्क्रमणबाट जीवन बचाउँछ । यी फरकका आधारमा विश्व स्वास्थ्य सङ्गठनले अन्य फ्लुभन्दा कम फैलने र सङ्क्रमण नभएको मानिसबाट सर्दैन भनेको छ । तर कोरोनाले गम्भीर बिरामी निम्त्याउँछ।

यसको कुनै खोप र उपचार पद्धति भएर लागू भएको अवस्था छैन । यथासक्य छिटो त्यो उपचार र खोप पद्धति विकास गर्न सबै देशको सहभागिताका लागि आह्वान गरिएको छ । त्यस्तै फ्लुको जसरी उपचार नगर्न सिफारिस गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .